एमसीसीका कार्यक्रमहरु सरकारले विगत ३ वर्ष देखि सञ्चालन गर्दै आएको छः अर्थमन्त्री

काठमाडौं – एमसीसीको सहयोगमा गएको तीन वर्षदेखि नै सरकारले आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दै आएको खुलासा भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै सो कुराको खुलासा गरेका हुन् । उनले सोही अनुसार यो वर्ष पनि एमसीसीका कार्यक्रम बजेटमा समावेश गरेको जानकारी दिए ।

‘तर अमेरिकी सहयोग एमसीसीको सहयोग रकम त्यो बेला मात्रै निकासा हुन्छ त्यो बेला मात्रै निकासा हुन्छ । जुन बेला संसदमा विचाराधीन रहेको सम्झौतापत्र यो संसदले अनुमोदन गर्छ । त्यो नगरुन्जेल यथावत नै रहन्छ’, अर्थमन्त्रीले भने । त्यस्तै अर्थमन्त्री खतिवडाले सरकारले बनाएको वैदेशिक सहायता नीतिका आधारमा त्यस्ता सहायता राष्ट्रिय बजेटमा, राष्ट्रिय हितमा र राष्ट्रिय स्वार्थमा मात्रै प्रयोग गर्ने गरेको बताए ।
‘यसरी सहायता प्रदान गर्दा हामी बजेट सहयोगलाई प्राथमिकता दिन्छौ’, उनले सवै प्रकारका सहायतामा यही नियम लागू हुने पनि बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्