१४ दिन क्वारेन्टाईन बसेर घर गएका एक पुरुषको मृत्यु

सांकेतिक तस्बिर

सुशील सुवेदी
सिन्धुपाल्चोक – १४ दिन क्वारेन्टाइन बसेर घर फर्कीएका एक ६८ बर्षिय पूरुषको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी १३ का ६८ वर्षका पुरुषको गएराती मृत्यु भएको हो । उनी गत बैशाखमा १४ दिन क्वारेन्टाईन बसेर घर आएको तथ्य फेला परेको हो । श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय स्वास्थ्यचौकीमा उपचारका लागि लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

अचानक मृत्यु भएपछि उनको स्वाव संकलन गरि परीक्षणका लागी पठाउने तयारी भइरहेको छ । गत बैशाखमा काठमाडौंबाट घर आएका उनलाई चौतारा साँगाचोकगढी नगरपालिकास्थित मेलचौरको क्वारेन्टाइनमा राखिएको थियो । १४ दिनपछि उनको आरडीटी परीक्षणमा नेगेटिभ देखिएपछि घर पठाइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्