बाँकेमा गाडी दुर्घटना, ११ जनाको मृत्यु, २२ घाइते

काठमाडौं – बाँकेमा गाडी दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना भएको हो । दुर्घटनामा २२ जना घाइते भएका छन् ।

भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन् । नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको नेपालगञ्जमा उपचार भइरहेको छ । शवहरु भेरी अस्पतालमा ल्याइएको छ । मृतकको सनाखत नभएको इलाका प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्