सुदूरपश्चिमका विभिन्न नाकाबाट जेठ २ यता ६३ हजार नेपाली भित्रिए, आज मात्रै झण्डै ८ हजार नेपाली आए

कैलाली – सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाबाट नेपाली नेपाल भित्रिने क्रममा आइतबार ७ हजार ८६३ नेपाली भित्रिएका छन् भने ७५० भारतीय नागरिक बाहिरिएका छन् ।
भारतका विभिन्न शहरबाट आएका उनीहरू कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भएर प्रवेश गरेका हुन् ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका अनुसार तीन हजार ५८ जना गड्डाचौकी नाका भएर नेपाल भित्रिएका छन् भने १५३ जना भारतीय नागरिक बाहिरिएका हुन् ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार गौरीफन्टा नाकाबाट तीन हजार ८२१ नेपाली नेपाल भित्रिएका छन् भने ६१२ भारतीय नागरिक बाहिरिएका छन् । बैतडीको झुलाघाटबाट भने आइतबार नेपाली भित्रिएका छैनन् ।

योसँगै सूदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गते यता नेपाल भित्रिने नेपालीको सङ्ख्या करिब ६३ हजार पुगेको छ । लकडाउन लागु भएसँगै बन्द भएका सीमा नाका भारतमा अलपत्र परेका ठूलो नेपालीको सङ्ख्या आउन थालेपछि खोलिएको थियो ।

जेठ २ गते बाट खुल्ला गरिएको नाकामा दैनिक नेपाली भित्रिने क्रम बढ्दै गएको छ । सीमा प्रवेशसँगै उनीहरूलाई विभिन्न जिल्लाका विभिन्न स्थानीय तहले गाडी पठाई उद्धारसमेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्