४ दिनमै कोरोना जितेर घर फर्किइन् गर्भवती महिला

चितवन – कोराना सङ्क्रमण भएर भरतपुर अस्पतालमा भर्ना भएकी एक गर्भवती महिलामा कोरोना परीक्षण नेगेटिभ आएपछि आइतबार डिस्चार्ज गरिएको छ ।

गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो पटकको पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको थियो । शुक्रबार र शनिबार भएको परीक्षणमा नेगेटिभ आएपछि महिलाको श्रीमानलाई जिम्मा लगाएर आइतबार डिस्चार्ज गरेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

उनका अनुसार कोरोना पुष्टि भएको चार दिनमै ती महिलामा सङ्क्रमण निको भएको हो । यही जेठ १४ गते सङ्क्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पताल पठाइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्