सुदूरपश्चिमका विभिन्न नाकाबाट शुक्रबार मात्रै ७ हजार बढी नेपाली भित्रिए

कैलाली – सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाहरूबाट नेपाल भित्रिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दैछ । भारतका विभिन्न शहरबाट शुक्रबार सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर सात हजार ४११ नेपाली भित्रिएका छन् ।
कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट नाकाबाट उनीहरू नेपाल भित्रिएका हुन् ।
सशस्त्र प्रहरी बल नम्बर ७ वैद्यनाथ बाहिनी अत्तरियाका अनुसार कैलालीको गौरीफन्टा नाकाबाट चार हजार ३५०, कञ्चनपुरको गड्डा चौकी नाकाबाट दुई हजार ७७८ र बैतडीको झुलाघाट नाकाबाट २८३ जना नेपाली शुक्रबार नेपाल भित्रिएका हुन् ।
योसँगै सूदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर नेपाल भित्रिने नेपालीको सङ्ख्या करिब ४८ हजार पुगेको छ । त्यसैगरी, गौरीफन्टा नाका भएर २४३ जना भारतीय नागरिक बाहिरिएका छन् ।
सीमामा परीक्षण नगरी उनीहरूलाई सम्बन्धित जिल्लाका क्वारेन्टाइनमा राख्दा व्यवस्थापनमा समस्या आउनुको साथै जोखिमसमेत बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्