राजपाको संविधान संशोधन विधेयक दर्ता गरेन संसद सचिवालयले

काठमाडौं – संसद सचिवालयले गैरसरकारी विधेयकका रुपमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न अस्वीकार गरेको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरु संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका थिए । तर संसदका महासचिव भरतराज गौतमले सभामुखसँग पनि परामर्श गर्नुपर्ने भन्दै दर्ता गर्न मानेनन् ।

उनले आइतबार दर्ता हुने नहुने जानकारी दिने बताएको राजपाका नेता नेता केशव झाले बताए । सरकारले नयाँ नक्साअनुसार निशान छाप संशोधन गर्न संविधान संशोधन विधेयक शुक्रबार संसद सचिवादयमा दर्ता गरेको थियो ।

विधेयकबारे सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा राजपा नेताहरुले मधेसको माग पनि सम्बोधन गर्न आग्रह गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्