पाल्पामा बलात्कारको आरोपमा तीन जना पक्राउ

सांकेतिक तस्वीर

पाल्पा – पाल्पामा बलात्कारको आरोपमा आज तीन जना पक्राउ परेका छन् । यही जेठ १० गते तिनाउ गाउँपालिका वडा नम्बर २ र ३ को सिद्धार्थ राजमार्ग नजीकै सार्वजनिक स्थानमा किशोरीलाई बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

किशोरीका परिवारको किटानी जाहेरीका आधारमा स्थानीयवासी अभियुक्त २८ वर्षीय, ४३ वर्षीय र २४ वर्षीय युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्