उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै

काठमाडौँ – कोरोना रोकथामका लागि भइरहेका प्रयास र लकडाउनको अवस्थाबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा २ बजे बैठक बस्न लागेको उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए । आजको बैठकमा कोरोना रोकथामका लागि भइरहेका प्रयास, लकडाउनको प्रभावकारितासँगै विदेशबाट फर्किन चाहनेहरूका विषयमा समेत छलफल हुने बताइएको छ ।

विदेशमा समस्यामा परिरहेका नेपालीलाई स्वदेश फर्काउने बारेमा सरकारले तयारी गरिरहेको छ ।

पहिलो चरणमा २५ हजारलाई फर्काउने तयारी भइरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदीय समितिमा जानकारी समेत गराएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्