भक्तपुरकी कोरोना संक्रमित जनप्रतिनिधि महिला ६ दिनमै कोरोना जितेर घर फर्किइन

भक्तपुर – एकजना कोरोना पुष्टि भएर अस्पताल भर्ना भएको ६ दिनमै डिस्चार्ज भएकी छन् । पाटन अस्पतालमा भर्ना भएकी भक्तपुर नगरपालिका की ४२ वर्षीया महिलाको ६ दिनमै पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएकी हुन् ।

यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा उनको स्वाब सङ्कलन गरिएको थियो । उक्त स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ९ गते राति रिपोर्ट पोजेटिभ आएपछि उनलाई १० गते बिहान ललितपुरको पाटन अस्पतालको कोभिड आईसीयू ब्लकमा भर्ना गरिएको थियो । अस्पतालमा १४ र १५ गते पुनः भएको कोरोना परीक्षणको रिपोर्टमा नेगेटिभ आएर कोरोनामुक्त भएपछि उनलाई बिहीबार साँझ अस्पताले डिस्चार्ज गरेको हो । जनप्रतिनिधिसमेत रहेकी उनी घर फर्किसकेकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्