कोरोना भाइरसबारे तपाईलाई थाहा हुनुपर्ने प्रमुख कुराहरुः भाइरस के हो ? कसरी सर्छ ? कति बाच्छ ?

कोरोनाभाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात् धेरै परिवर्तन ल्याइदिएको छ ।

अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड–१९ को त्रास छ । विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन् ।

उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपायस्वरूप अधिकांश मानिसहरू घरभित्रै सीमित छन् ।

कोरोनाभाइरस के हो, त्यसबाट कसरी सङ्क्रमण हुन्छ, कसलाई सङ्क्रमणको बढी जोखिम छ, कोभिड–१९ लागेपछि मृत्युको सम्भावना कति छ तथा उक्त भाइरसबाट कसरी जोगिन सकिन्छ भन्ने जिज्ञासा धेरै जनामा छ । हामी यहाँ यिनै प्रश्नको उत्तर खोज्दैछौँ ।

कोरोनाभाइरस के हो?
आनुवंशिक संरचनामा आरएनए भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस नामकरण गरेका थिए ।

भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अङ्ग्रेजीमा उक्त नाम दिइएको थियो । त्यसलाई नेपालीमा ’किरीटाकार विषाणु’ वा ’किरीट विषाणु’ पनि भन्न सकिन्छ । तर कोरोनाभाइरस नै प्रचलित र सजिलै बुझिने नाम हो ।

सन् २०१९ को डिसेम्बरमा चीनमा मानिसमा सङ्क्रमण गर्न थालेको भाइरस सो समूहमा राख्न मिल्ने नयाँ भाइरस भएको पत्ता लाग्यो ।

वास्तवमा कोरोनाभाइरस के हो?

चीनको वुहाननजिकै पशुपक्षी व्यापार हुने एउटा बजारमा पहिलो पटक यसको सङ्क्रमण देखिएको उक्त भाइरस केही महिनामै विश्वभरि फैलियो ।

उक्त भाइरसको वैज्ञानिक नाम सार्स–कोभ–२ हो । सङ्क्रमणबाट हुने रोगलाई कोभिड–१९ भनिन्छ ।

कोरोनाभाइरस सङ्क्रमण कसरी हुन्छ ?

कोरोनाभाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ । सङ्क्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्न सक्छ ।

सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोनाभाइरस हुन्छन् । उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ । सङ्क्रमित व्यक्तिले सरसामान वा सतह छोएर हात नधोई आफ्नो अनुहार छुँदा कोरोनाभाइरस शरीरमा छिर्न सक्छ ।

भाइरसले पहिला घाँटी, सासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ । बिस्तारै ती अङ्गलाई कोरोनाभाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो सङ्ख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर पुर्‍याउन सक्छन् ।

कोरोनाभाइरस सङ्क्रमण भएको कसरी थाहा पाउने ?

ज्वरो आउनु र सुक्खा खोकी लाग्नु कोरोनाभाइरस सङ्क्रमण भएपछि लाग्ने रोग कोभिड–१९ का मुख्य लक्षण हुन् ।

केही बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने गरेको पनि पाइएको छ । केही बिरामीमा घ्राणशक्ति अर्थात् सुँघ्ने क्षमता पनि शिथिल भएको पाइएको छ ।

कोरोनाभाइरस शरीर बाहिर कति बाँच्छ ?

नेपालमा कोरोनाभाइरस सङ्क्रमण कम देखिनुका पाँच सम्भावित कारण
केही मानिसहरूलाई सङ्क्रमण भए पनि कुनै गम्भीर लक्षण देखिँदैन । तर उनीहरूले थाहै नपाई अरूलाई भाइरस सारिदिन सक्छन् ।

कोभिड–१९ का लक्षण देखियो भने के गर्ने ?
यी लक्षण देखियो भने घरमै अरूबाट अलग बस्न विश्व स्वास्थ्य सङ्गठनले सुझाव दिएको छ । झन्डै ८० प्रतिशत मानिसमा सामान्य खालको सङ्क्रमण हुन्छ ।

तर ज्वरो आएको छ, खोकी लागेको छ र सास फेर्न गाह्रो भएको छ भने चिकित्सकसँग परामर्श गर्नुपर्छ । किनभने ती लक्षणले श्वासप्रश्वास प्रणालीमा भएको सङ्क्रमण वा अन्य गम्भीर समस्यातिर सङ्केत गर्छन् । स्रोत : बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्