चीनतर्फका ७ बन्दरगाह सरकारको प्राथमिकतामा, तेस्रो मुलकसँग व्यापार गर्न सहज हुने

काठमाडौं – सरकारले तेस्रो मुलुकसँगको व्यापारका लागि चीनतर्फको ढोकालाई प्राथमिकतामा राखेको छ । चीनले उपलब्ध गराएको तीन सुख्खा र चारवटा सामुन्द्रिक बन्दरगाह प्रयोग गर्ने नीति सरकारले अख्तियार गरेको हो ।

आर्थिक वर्ष ०७७÷७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले चीनतर्फका बन्दरगाह खोल्न विशेष व्यवस्था गर्ने बताए ।

चिनियाँ बन्दगाह भएर तेस्रो मुलकसँग व्यापार गर्न आवश्यक कानुनी बाटो सहज बनाउन यस्तो नीति अख्तियार गरिएको अर्थमन्त्री खतिवडाको भनाइ छ । त्यस्तै, छिमेकी मुलुकहरूसँग वाणिज्य तथा ब्यापार सन्धिको पुनरावलोकन गरी नेपाली उत्पादनको निर्यात सहज बनाउने विषयलाई पनि सरकारले प्राथमिकतामा राखिएको छ ।

नेपाल–चीनबीच ब्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा गत भदौ १९ मा भएको समझदारी अनुसार, नेपालले सन् २०२० जनवरी १ देखि चीनका ४ समुन्द्री बन्दरगाह र तीन सुख्खा बन्दरगाहबाट तेस्रो मुलुकसँग व्यापार गर्न बाटो खुलेको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चीनको लियन्युंगा, सेन्जेन, तियान्जिन र झ्याङजियाङ गरी चार सामुद्रिक बन्दरगाह तथा लन्जाओ, ल्हासा र सिगात्से गरी तीन सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्ने अनुमति पाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्