ओली र देउवाबीच टेलिफोन वार्ता, संविधान संशोधन विधेयक १८ गतेभन्दा अगाडि कार्यसूचीमा नराख्न देउवाको आग्रह

काठमाडौं – संविधान संशोधनबारे अन्यौल भइरहेका बेला प्रधानमन्त्री केपी ओेली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवावीच बिहीबार टेलिफोन वार्ता भएको छ ।

दुई नेताबीचको टेलिफोन संवादपछि सरकारले शुक्रबार कार्यसूचीमा राख्ने तयारी गरेको संविधान संशोधन विधेयक १८ गतेभन्दा अगाडि नहुने भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसँग १८ गतेसम्मका लागि समय माग गरेको स्रोतको दावी छ । संवादमा देउवाले १७ गते केन्द्रीय समितिको बैठक बोलाएकाले १८ गते पछाडिमात्रै कार्यसूचीमा राख्न आग्रह गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्