आजको मौसमः हावहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – आज हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिम वायुको आशिंक प्रभाव छ, देशको पूर्वी भुभाग नजिक निम्न चापीय रेखा रहेको र स्थानीय वायुको पनि प्रभाव छ ।

पश्चिम, पुर्वी र स्थानीय वायुको प्रभावले देशको विभिन्न भावमा सामान्य तथा आशिंक बदली रहने महाशाखाले जनाएको छ । आज दिउँसो देशको पश्चिमी भू–भाग लगायत मध्य र पूर्वी पहाडी भू–भागहरुमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ । मध्य तथा पूर्वी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ रहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्