कांग्रेस पुरानो पार्टी हो तर फाटेको होइन, यसमा नयाँ जोसका साथ हामी अघि बढ्दै छौँ : शशांक कोइराला

काठमाडौँ – नेपाली कांग्रेस इतर समूहको महाधिवेशन तयारी समितिका संयोजक प्राध्यापक डा. शशांक कोइरालाले आसन्न महाधिवेशन पार्टीका लागि ठूलो परीक्षाको समय भएको बताएका छन् । नेपाली कांग्रेस संस्थापन इतर पक्षले शनिबार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले महाधिवेशनले पार्टीको आगामी मार्गचित्र तय गर्ने भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका हुन् ।

महाधिवेशन सम्पन्न गराउन खटिएका तथा सहयोग पुर्‍याउने सबै नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै कोइरालाले महाधिवेशन सामान्य विषय नभएको बताए । उनका अनुसार यसले पार्टीको भविष्यको दिशा तय गर्ने भएकाले महाधिवेशनलाई अत्यन्त गम्भीरताका साथ लिइएको छ । उनले सबैलाई साथमा लिएर एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

कोइरालाले नेपाली कांग्रेस बलियो र ऐतिहासिक पार्टी भएको उल्लेख गर्दै पार्टीलाई थप सुदृढ बनाउन सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए । पार्टीभित्र फरक धारणा र विचार भए पनि सबैलाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । उनले महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा र उत्साह ल्याउने विश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा कोइरालाले भने, “हामी सबै सँगै अघि बढ्न चाहन्छौँ ताकि नेपाली कांग्रेस बलियो बनोस् । कांग्रेस पुरानो पार्टी हो तर फाटेको होइन, यसमा नयाँ जोसका साथ हामी अघि बढ्दै छौँ ।”

उनले आसन्न महाधिवेशनलाई भव्य र सफल बनाउन नेता तथा कार्यकर्ताको सक्रिय सहयोग आवश्यक रहेको बताए । महाधिवेशन सम्पन्न गर्ने प्रक्रियामा खटिएका सबैप्रति आभार व्यक्त गर्दै कोइरालाले पार्टीको आगामी यात्राका लागि अधिवेशन महत्वपूर्ण हुने धारणा राखे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्