आजको राशिफल: बिहिबार कुन राशिलाई कस्तो ?

वि.सं.२०७७ साल जेठ १५ गते । बिहीबार । ईश्वी सन् २०२० मे २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि– षष्ठी,३९ घडी ३८ पला,बेलुकी ०९ बजेर ०३ मिनेट उप्रान्त सप्तमी । नक्षत्र– तिष्य, ०१ घडी ३५ पला,बिहान ०५ बजेर ४९ मिनेट उप्रान्त अश्लेषा । योग– ध्रुव,४४ घडी २७ पला,बेलुकी १० बजेर ५८मिनेट उप्रान्त व्याघात । करण– कौलव,बिहान ०९ बजेर ५० मिनेट उप्रान्त तैतिल,बेलुकी ०९ बजेर ०३ मिनेट उप्रान्त गर । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–कर्कट ।

काठमाडौंमा सूर्योदय ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५१ मिनेट । दिनमान ३४ घडी ११ पला । राष्ट्रिय गणतन्त्र दिवस। कुमार–षष्ठी। सिथिनख। भक्तपुरमा चण्डी भगवती यात्रा।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पहिलेका कमिकमजोरिहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेकोछ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछी परिनेछ । व्यापार व्यावसायमा समय दिएपनि खासै उपलव्धी हासील हुने छैन । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) वादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला नकरात्मक नतिजा आउनेछ । सकसपुर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोष जनक प्रगती हुनेछ । सामान्य स्वास्थ्य सम्वन्धी समस्याले सताउने हुदा काम गर्न असजिलो महशुष हुनेछ । बिद्यामा सफलता पाउन कडा मिहिनेत गर्नु पर्नेछ । दाजुभाई तथा छिमेकिसँग मनमुटाव बड्नेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा समय दिय पनि भनेजस्तो नतिजा नआउने हुँदा मन खिन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा कुटुम्वसँगको सम्बन्ध सुमधुर भएर जानेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलिको प्रभाव बढ्ने तथा महत्वपुर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ । पढाइ लेखाइमा राम्रै प्रगती भएर जानेछ । मायाप्रेममा विश्वासको वातावरण बढ्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा समाजसेवामा गरीएको लगानी खेर जाने छैन भने पद पाउँने योगलाई नकार्न सकिदैन । सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामिप्यता बड्नेछ । बिद्यामा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामगर्दा ख्याल गर्नु जरुरी देखिन्छ,समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाइ लेखाइमा तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । मायाप्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा राम्रो प्रगती गरी नाम कमाउन सकिनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग तथा परिचालन मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाईको सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) गीत संगित क्षेत्रमा रुची बढ्ने हुदा केही समय रमाईलो तिर पनि समय खर्च हुनेछ । समयको गती सँगै अगाडि बढ्न सकिने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ । माता पिताको सहयोगले राम्रा कामगरी समाजमा नाम तथा दाम दुवै कमाउँन सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) धर्म कर्ममा मन जाने हुनाले दिनभर जसो मन शान्त रहनेछ । सरकारी तथा प्रशासनीक क्षेत्रमा सेवा प्रभाह गर्नेहरुलाई रिजाएर महत्वपूर्र्ण काम दिन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) वादविवाद तथा झै झगडाबाट टाडै बस्नुहोला अनावश्यक धन तथा स्थाई सम्पती हानी हुन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हावी हुनेछन् । आम्दानीको तुलनामा खर्च अधिक हुने हुदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घर परिवार तथा चेली माईती विच सामान्य कुरामा राय बाजिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुदा तिर्नुपर्ने ठाउँमा रकम दिन नसक्दा मन खिन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मायाप्रेममा अविश्वास बढ्नेछ भने पति पत्नी विच मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यावसाय आम्दानी थोरै हुनेछ भने आज लगानी नगर्नु नै राम्रो हुनेछ । शुभचिन्तकको पनि साथ नहुने हुँदा एक्लो पनको महशुष हुनेछ । पहिलेका सम्झौता भङग हुनेछ भने साझेदारहरु विच भनाभन हुने योग रहेकोछ । पढाइ लेखाइमा अल्छि गर्नाले नतिजा भनेजस्तो आउँनेछैन । विलाशी सामान प्राप्तिको योग भएपनि तपार्ईँ आफ्नै कारणले टरेर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । ऋण लाग्ने तथा सापटी मागेर दैनिकी गुजार गर्नुपर्ने अवस्था आउँन सक्छ । अध्ययन अध्यापनमा मन नजादा अरुभन्दा पछी परिनेछ । प्रेम सम्बन्धमा चिसोपन बढ्नेछ ध्यान दिनुहोला । विवादित विषयमा सहभागी नहुनु होला समय मध्ययम रहेकोछ । मामा तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । आफन्त तथा सन्तानले प्रगति गरी तपार्ईँलाई सम्झनेछन् । अध्ययनमा प्रविधिको प्रयोग गरि अगाडी बढाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तपाईँको दिन शुभ रहोस् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्