पशुपतिनाथ र बुद्धको सन्देशसँगै प्रधानमन्त्री शाहले टुंग्याए राष्ट्रसंघीय महासभा सम्बोधन

काठमाडौँ – प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै विश्व शान्ति र कल्याणको कामना गरेका छन्। आफ्नो सम्बोधनको अन्त्यमा उनले नेपालको आध्यात्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएका पशुपतिनाथ र गौतम बुद्धको सन्देशलाई विश्व शान्तिसँग जोड्दै शुभकामना व्यक्त गरेका हुन्।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले भने, ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन् । यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् । धन्यवाद, नमस्ते।’

प्रधानमन्त्री शाहले पशुपतिनाथको नाममार्फत विश्व कल्याणको कामना गर्दै गौतम बुद्धले देखाएको शान्ति र अहिंसाको मार्गमा विश्व अघि बढ्नुपर्ने सन्देश दिएका छन्। नेपालको धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चबाट प्रस्तुत गर्दै उनले आफ्नो सम्बोधन टुंग्याएका हुन्।

महासभामा नेपालको धारणा प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री शाहले अन्तिममा दिएको यो सन्देशले नेपालको सांस्कृतिक पहिचान र विश्व शान्तिको चाहनालाई जोडेको छ। पशुपतिनाथ र गौतम बुद्ध नेपालको धार्मिक तथा सांस्कृतिक पहिचानका महत्वपूर्ण प्रतीकका रूपमा स्थापित छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्