सुशासन राष्ट्रिय आवश्यकता : प्रचण्ड

file photo
File Photo

काठमाडाैँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकताबद्ध भई जनअपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिदै पूर्वप्रधानमन्त्री दाहालले गणतन्त्रात्मक शासन व्यवस्थाले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको बताए । गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र विभिन्न जनआन्दोलनमा आफ्नो प्राणको उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै अध्यक्ष दाहालले बेपत्ता योद्धा र घाइते योद्धाको त्याग र समर्पणप्रति उच्च सम्मान प्रकट गरे । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम र उपचारका लागि अग्रमोर्चामा खटिनुहुने सम्पूर्णको उच्च प्रशंसा गर्दै उनले यस ऐतिहासिक दिवसका अवसरमा सबैको सुस्वास्थ्य र प्रगतिको कामना गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्