न्यूयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा (UNGA81) का क्रममा न्यूयोर्कमा भएको भेटवार्तामा नेपाल–भारत सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको हो ।
भेटका क्रममा मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार तथा भारतीय जनताले देखाएको ऐक्यबद्धता र तत्काल उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।
दुवै मन्त्रीले नेपाल र भारतबीच रहेको निकट तथा लामो समयदेखिको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् । भेटवार्तामा पारस्परिक हितका विभिन्न विषयमा समेत विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



