दाङमा थप १५ र पूर्वी रुकुममा ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – दाङमा थप १५ जना र पूर्वी रुकुममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा २ महिला र १६ पुरुषसहित जम्मा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानले निकालेको सूचनामा उल्लेख भएअनसार, दाङको घोराही उपमहानगरपालिका, लमही नगरपालिकाका नागरिकमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । उनीहरु लमहीकै क्वारेन्टाइनमा छन् ।

यसैगरी पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिकाका ३ जनामा पनि कोरोना पुष्टि भएको प्रतिष्ठानको सूचनामा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्