“सांसद कोष वित्तिय अपराध हो, बन्द गर” : साझा पार्टी (विज्ञप्ति सहित)

काठमााडौँ – साझा पार्टीले सांसद कोष वित्तीय अपराध भएको बताएको छ ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै साझापार्टीले सांसद कोष वित्तिय अपराध भएको र यसलाई बन्द गर्नुपर्ने बताएको छ ।

संघीय तथा प्रदेश सांसदहरूलाई पूर्वाधार विकासका नाममा दिइने रकम आगामी बर्ष पनि कायम रहन लागेको खबरप्रति साझा पार्टीले को गम्भीर ध्यानाकर्षण भएको बतताएको छ ।
“कोभिड–१९ का कारण देश चरम आर्थिक संकटमा पर्ने देखिँदैछ । सरकारको राजस्व घट्ने आँकलन छ । विज्ञहरूले अनुत्पादक र अनावश्यक खर्च कटौतिमा निर्मम हुन सरकारलाई सुझाएका छन् । यस्तो अवस्थामा पनि सांसदलाई बजेट बाँड्ने कुकृत्य जारी राख्नु असंवेदनशीलता मात्र होइन, वित्तिय अपराध पनि हो ।” विज्ञप्तिमा भनिएको ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्