कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु, कोरोना परीक्षण हुने

सांकेतिक तस्बिर

कञ्चनपुर – कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बेहोस भएका थिए । बेहोस भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लैजाने क्रममा ५८ वर्षीय रानाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र पौडेलका अनुसार गएराति करिब १२ बजे उनको ज्यान गएको थियो । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षण गर्ने अस्पतालले जनाएको छ । ‘शवको पोष्टमार्टम हुन्छ त्यसपछि स्वाब संकलन गर्छौं’ अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्