रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच ७ बुँदे सहमति

 

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गएको साउन १० गते भएको घटनामा ज्यान गुमाएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ।

गृहमन्त्री सुधन गुरुङ र मृतक मेहताका अभिभावकबीच सोमबार भएको सहमतिअनुसार मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ।

सहमतिपत्रमा साउन १० गते राति देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषी देखिएकालाई प्रचलित कानुनबमोजिम तत्काल आवश्यक कारबाही अघि बढाउने उल्लेख छ।

त्यस्तै, देवानगञ्ज–३ मा रहेको मदरसाको कानुनी हैसियतबारे तत्काल आवश्यक छानबिन सुरु गर्ने सहमति भएको छ। सरकारले मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने पनि सहमतिमा उल्लेख छ।

घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसलाई प्रचलित कानुनबमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको छ।

सरकारले मृतकको शव नेपाली सेनाको हेलिकप्टरमार्फत देवानगञ्ज गाउँपालिका–३, सुनसरी लैजाने व्यवस्था गरी दाहसंस्कार गर्ने सहमति पनि गरेको छ।

त्यसैगरी, घटनामा ज्यान गुमाएका तीन जनाको सम्झनामा देवानगञ्ज गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँग समन्वय गरी यसै वर्ष बजेट विनियोजन गरेर स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्