हिमाचलमा पहिरोले कारमाथि चट्टान खस्दा १३ जनाको मृत्यु, दुई घाइते

काठमाडौं । भारतको हिमाचल प्रदेशस्थित लाहौल-स्पीति जिल्लामा शुक्रबार भएको भीषण पहिरोमा कार पुरिँदा १३ जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। मृतकमध्ये एक ६ महिनाको शिशुसमेत रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दुर्घटना किल्लार-उदयपुर सडकखण्डअन्तर्गत कडू नाला नजिक भएको हो। १५ जना सवार कारमाथि अचानक ठूलो चट्टान खसेपछि सवारीसाधन पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ।

चम्बा जिल्लाको भरमौर-पाङ्गी क्षेत्रका विधायक डा. जनक राजका अनुसार दुर्घटनामा परेका सबै मृतक पाङ्गी उपत्यकाका बासिन्दा हुन्। उनले दुर्घटनामा दुई जना यात्रु भने जीवित उद्धार गरिएको जानकारी दिएका छन्।

विधायक डा. जनक राजले उदयपुरबाट पाङ्गीतर्फ जाँदै गरेको कार कडू नाला नजिक पुगेका बेला माथिबाट पहाड खस्दा दुर्घटना भएको बताएका छन्। घटनापछि उद्धार टोली परिचालन गरिएको छ भने घाइतेहरूको उपचार भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्