काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार स्थायी लेखा नम्बर (प्यान) बन्द गर्न वडा कार्यालयबाट आवश्यक सिफारिस उपलब्ध गराइदिन सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उनलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले भट्टराईमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
आयोगले घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।



