नेप्से ७.९० अंकले बढ्यो, बैंकिङ समूहको बलमा बजार २७३४ अंकमा

 

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.९० अंकले बढेर २,७३४.०० अंकमा पुगेको छ। अघिल्लो कारोबार दिन पनि नेप्से १४.१७ अंकले बढेको थियो।

शुक्रबारको कारोबारमा नेप्से कारोबार सुरु भएको केहीबेरमै बढ्दै दिउँसो ११:४६ बजे २,७४७ अंकसम्म पुगेको थियो, जुन दिनकै उच्च बिन्दु रह्यो। त्यसपछि बजारको वृद्धि केही सुस्त बने पनि अन्त्यमा सकारात्मक रहेर बन्द भएको हो। यो नेप्सेको जेठ २७ यताकै उच्च विन्दु हो।

आज १४३ कम्पनीको सेयर मूल्य बढ्दा ११८ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ।

कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो दिन ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ६ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

समूहगत परिसूचकमा बैंकिङ क्षेत्रले बजारलाई सबैभन्दा बढी साथ दिएको छ। बैंकिङ समूह १.१७ प्रतिशतले बढ्दा विकास बैंक ०.९६ प्रतिशत, होटल तथा पर्यटन ०.४२ प्रतिशत, जीवन बीमा ०.१३ प्रतिशत, माइक्रोफाइनान्स ०.३६ प्रतिशत तथा निर्जीवन बीमा ०.०२ प्रतिशतले उकालो लागेको छ।

यता व्यापार समूह ०.३५ प्रतिशत, अन्य ०.२६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५९ प्रतिशत, जलविद्युत् ०.१२ प्रतिशत तथा फाइनान्स समूह ०.१५ प्रतिशतले घटेका छन्।

हालै सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यसैगरी सगरमाथा जलविद्युत् ६.५९ प्रतिशत, खानीखोला हाइड्रोपावर ६.०० प्रतिशत, झापा इनर्जी ५.५० प्रतिशत र दरामखोला हाइड्रो इनर्जी ४.६८ प्रतिशतले बढेका छन्।

सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक ७.३८ प्रतिशत, बोटलर्स नेपाल (बालाजु) ३.०० प्रतिशत, नाडेप लघुवित्त २.८९ प्रतिशत र सोलु हाइड्रोपावर २.८९ प्रतिशतले ओरालो लागेका छन्।

कारोबार रकमका आधारमा शुक्रबार रिडी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, कुमारी बैंक, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स सर्वाधिक कारोबार हुने कम्पनीमा परेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्