आजदेखि पुनः वर्षा बढ्ने, केही स्थानमा भारी पानी र हावाहुरीको सम्भावना

काठमाडौँ – गएराति देशभर तुलनात्मक रूपमा कम वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्व र पश्चिमका केही स्थानमा मात्रै हल्का वर्षा भएको हो। यसअघि लगातार दुई रात देशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको थियो। महाशाखाले आज दिउँसोदेखि भने पुनः वर्षा बढ्ने जनाएको छ। आज देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा कोशी प्रदेशको तराई र मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मधेश प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।

आज राति भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुन सक्ने स्थानका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्