सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि सांसद केपी खनालको माइक काटियो

 

काठमाडौं — प्रतिनिधिसभा बैठकमा सांसद केपी खनालले सभामुखलाई सम्बोधन गर्ने क्रममा ‘कर्मचारी महोदय’ भनेपछि उनको माइक बन्द गरिएको छ।

आइतबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै खनालले आफ्नो निर्वाचन क्षेत्र कैलालीस्थित लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनमा भएको ढिलाइको विषय उठाएका थिए।

सम्बोधनका क्रममा उनले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि बैठक सञ्चालन गरिरहेका सभामुखले उनको माइक बन्द गराएका हुन्।

माइक काटिनुअघि खनालले नेपाल सरकार मन्त्रिपरिषद्ले २०८२ जेठ २६ गते लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनका लागि स्वीकृति दिएको भए पनि प्रदेश सरकार र स्थानीय तहले आवश्यक काम अघि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

घटनापछि केहीबेर सदनमा सामान्य हलचल भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्