भारत विश्वका सर्वाधिक कोरोना प्रभावित मुलुकको १० औँ स्थानमा, संक्रमितको संख्या १ लाख ४५ हजार, ४ हजार भन्दा बढीको मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार भन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् ।
वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ४ सय भन्दा बढीमा कोरोना संक्रमणको पुष्टि भएको हो । यो सँगै भारतमा संक्रमितको संख्या झण्डै १ लाख ४५ हजार पुगेको छ । भारतमा पछिल्लो केहि दिन यता दैनिक ६ हजार बढी कोरोनाका नयाँ विरामी फेला पर्दै आएका छन् । यहाँ यो भाइरसबाट ज्यान गुमाउनेको संख्या ४ हजार १ सय ७२ पुगेको छ भने ६० हजार भन्दा बढी उपचार पछि निको भएका छन् । दक्षिण एसियामा भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक हो, भने विश्वमा सर्वाधिक कोरोना संक्रमित मुलुको १०औँ स्थानमा परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्