विश्वमा कोरोनाः संक्रमितको संख्या ५६ लाख नजिक, ३ लाख ४७ हजार भन्दा बढीको मृत्यु

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको ५६ लाख नजिक पुगेको छ ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर यो भाइरसबाट ५५ लाख ८४ हजार भन्दा बढी संक्रमित भएका छन् । यो भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिका हो । अमेरिकामा कोरोना संक्रमितको संख्या १७ लाख नाघेको छ । ब्राजिल र रुस बढी प्रभावित हुने मुलुकको क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन् । युरोपका स्पेन, बेलायत, इटाली, फ्रान्स र जर्मनी कोरोना भाइसरबाट धेरै प्रभावित मुलुक हुन् ।
यो भाइरसको कारण अहिलेसम्म विश्वभर ३ लाख ४७ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकामा मात्रै ९९ हजार भन्दा बढीको ज्यान गएको छ । विश्वभरी साढे २३ लाख भन्दा बढी संक्रमित उपचार पछि निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्