नेपाली ह्याकर सतनद्वारा भारतीय न्यूज च्यानल एबीपी न्यूजको ‘एपीआई की’ सार्वजनिक

काठमाडौं – कालापानी र लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक बनाएपछि नेपालमा तीब्र आक्रोश छ । ती क्षेत्रलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यममा पनि यो विषयले प्राथमिकता पाएको छ ।

भारतको रिपब्लिक टीभीका अर्नव ग्वोस्वामीले ‘द डिबेट’ कार्यक्रममा नेपाललाई होच्याउने शब्दको प्रयोग गरेर पाठ सिकाउन खोजेको भन्दै नेपालमा आलोचना भइरहेको छ ।

यो प्रकरण चर्चामा आएपछि भारतीय सञ्चारमाध्यमविरुद्ध पनि सर्वसाधारण खनिएका छन् । सीमित रुपमै रहेका नेपाली ह्याकरहरुले पनि भारतीय पक्षमाथि आक्रमण गर्न थालेका छन् । नेपाली ह्याकर सतनले भारतीय न्यूज च्यानल एबीपी न्यूजको ‘एपीआई की’ सार्वजनिक गरिदिएका छन् ।

एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस (एपीआई) की यस्तो कोड हो, जसको प्रयोगबाट सम्बन्धित पक्षको प्रणालीसम्म पहुँच बनाउन सकिन्छ । एक एप्लिकेशन वा सिस्टमबाट अर्कोमा ‘संवाद’ गर्नलाई यो कोडको प्रयोग हुन्छ । जस्तै, नेपाली ह्याकरले सार्वजनिक गरेको एपीआई कोडमार्फत उसले फेसबुक लाइभ गरिदिन सक्छ । यद्यपि, यो कोडको प्रकृतिमा भर पर्ने कुरा हो ।

ट्वीटरमा satan_cyber_god नामक ह्याण्डलबाट सक्रिय नेपाली ह्याकरले यसलाई नेपालको वनस्पती अनुसन्धान केन्द्र बाँकेको वेवसाइटमा भारतीय ह्याकरको अनाधिकृत प्रवेशको प्रक्रिया भएको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्