‘निरोगी नेपाल’ निर्माणका लागि प्रधानमन्त्री ओलीका पाँच सुत्र

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी हत्तपत्त नहट्न पनि सक्ने भन्ने वास्तविकतालाई आत्मसात् गर्नुपर्ने बताएका छन् ।

त्यस्तै उनले निरोगी नेपाल निर्माणका लागि ५ सूत्र अघि सारेका छन् । कोरोना भाइरसको औषधि नभएको भन्दै उनले विज्ञहरुले नै यस भाइरसका विरुद्धको नयाँ खोप पत्ता नलागेसम्म महामारीमाथि नियन्त्रण गर्ने उपलब्ध उपाय भनेकै आनीबानी र आहार–विहार तथा आवश्यक सतर्कता भएको बताएका हुन् ।
उनले भाइरसलाई व्यक्तिबाट व्यक्तिमा सर्न नदिन सामाजिक दूरी कायम गर्ने र हरेक व्यक्तिमा प्रतिरोधी क्षमता बृद्धि गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीका पाँच सुत्र

– पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफुलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं ।

– दोस्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारीरिक र स्वास प्रस्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ ।

– तेस्रो, भाइरस फोहरमा रमाउँछ, आप्mनो शरीर र बासस्थान दुबैको सरसफाईमा एकदमै ध्यान दिऊँ ।

– चौथो, स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ ।

– पाँचौं, उच्च मनोबल कायम राखौं । भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधीका विरुद्धको लडाईँमा कमजोर तुल्याउँछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्