प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा ले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले उहाँलाई शपथ गराउनुभएको हो ।

संवैधानिक परिषद्को गएको वैशाख २४ गतेको निर्णयअनुसार प्रधानन्यायाधीश पदका लागि सिफारिस हुनुभएका शर्मा संसदीय सुनुवाइ समितिबाट आजै सर्वसम्मत अनुमोदित हुनुभएको थियो ।

आज बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ गरिएको थियो । सुनुवाइका क्रममा उहाँले न्यायालय सुधार, छिटो न्याय सम्पादन तथा न्यायिक सुशासनसम्बन्धी आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । समितिले उजुरीकर्तासँग समेत छलफल गरेपछि उहाँको नाम अनुमोदन गरेको हो ।

शपथ ग्रहणपछि प्रधानन्यायाधीश शर्माले सर्वोच्च अदालत पुगेर औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ । उहाँको नियुक्तिसँगै सर्वोच्च अदालतमा लामो समयदेखि रहेको नेतृत्वको अन्योल अन्त्य भएको अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्