कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना परीक्षण गरिने : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुको राय सुझावका आधारमा देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको परीक्षण विस्तार गरिने बताएका छन् ।

सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले एकमात्र प्रयोगशालाबाट शुरु भएको परीक्षण अब सातै प्रदेशका २० भन्दा बढी प्रयोगशाला स्थापना गरी विस्तार भएको बताए ।

ओलीले क्वारेन्टाइनको संख्या र गुणस्तर विकास गरिने भन्दै बन्द भएका होटल र खाली सार्वजनिक संरचनाहरुलाई क्वारेन्टाइनका रुपमा विकास गरिने बताए । उनले महामारी विरुद्धको लडाइ शुरुमा अलमल जस्तो भएपनि अहिले सही दिशामा रहेको र दक्षिण एशियामा नेपालको अवस्था सन्तोषजनक रहेको बताए ।

उनले विदेशमा रहेका नागरिकप्रति संवेदनशील रहेको बताए । उनले छिमेकी भारतबाट आउनेहरुमा परीक्षणको अभावमा महामारी तीब्र गतिमा बढेको बताए । उनले परीक्षणमा आउन उनीहरुलाई आग्रह समेत गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्