केन्द्रीय कारागारबाट फरार कैदी असनबाट पक्राउ

काठमाडौं – केन्द्रीय कारागार सुन्धाराबाट फरार भएकी एक कैदी पक्राउ परेकी छन् । शुक्रबार राति करिब साढे १ बजे कारागारको पर्खाल नाघेर फरार भएकी २५ वर्षीया सपना तामाङलाई काठमाडौंको असनस्थित बाँगेमुढाबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार तामाङ अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत रसुवाबाट दोषी ठहर भई जन्मकैद सजाय भुक्तान गरिरहेकी थिइन् । प्रहरीले उनलाई भगाउन सहयोग गरेको आरोपमा भोजपुर नगरपालिका–११ भोजपुरका २६ वर्षीय समीर श्रेष्ठलाई समेत पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार समीर श्रेष्ठकी आमा सीता थापा पनि उदयपुर कारागारमा कैद भुक्तान गरिरहेकी छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केन्द्रीय कारागारबाटै कैदी फरार भएपछि प्रहरी र कारागार प्रशासनले आन्तरिक छानबिनसमेत अघि बढाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्