मन्त्रालयहरूको पुनर्संरचना गर्दै १८ वटा मन्त्रालय कायम

काठमाडौं । सरकारले मन्त्रालयहरूको पुनर्संरचना गर्दै १८ वटा मन्त्रालय कायम गरेको छ । नयाँ संरचनाअनुसार केही मन्त्रालय गाभिएका छन् भने केही मन्त्रालयको नाम परिवर्तन गरिएको छ ।

सरकारले कायम गरेका १८ मन्त्रालय यस्ता छन् :

१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. अर्थ मन्त्रालय
३. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
४. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
५. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
६. कृषि, वन तथा पर्यावरण मन्त्रालय
७. गृह मन्त्रालय
८. परराष्ट्र मन्त्रालय
९. पूर्वाधार विकास मन्त्रालय
१०. भूमि, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
११. महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय
१२. युवा, श्रम तथा रोजगार मन्त्रालय
१३. रक्षा मन्त्रालय
१४. विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय
१५. शिक्षा तथा खेलकुद मन्त्रालय
१६. सूचना तथा सञ्चार मन्त्रालय
१७. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१८. स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय ।

सरकारको नयाँ संरचनाअनुसार प्रशासनिक खर्च घटाउने, कार्यसम्पादनलाई प्रभावकारी बनाउने तथा मन्त्रालयहरूबीचको दोहोरो जिम्मेवारी कम गर्ने उद्देश्य राखिएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्