एमाले सदस्यता अब डिजिटल प्रणालीमा

File Photo

काठमाडौं – नेकपा एमाले ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्णरूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा यस विषयमा विस्तृत छलफल गरिएको जानकारी दिइएको छ।

सङ्गठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकाल का अनुसार प्रस्तावित डिजिटल प्रणालीमार्फत सदस्यता दर्ता, नवीकरण तथा अभिलेख व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य लिइएको छ। बैठकमा पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशस्तरीय नेता तथा जनसङ्गठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सो अवसरमा सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) प्रस्तुत गरिँदै प्रणाली कार्यान्वयनका विभिन्न पक्षमा छलफल गरिएको बताइएको छ।

एमालेले डिजिटल प्रणाली लागू भएपछि सदस्यता व्यवस्थापन थप व्यवस्थित, छरितो र विश्वसनीय हुने विश्वास व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्