अस्पतालमा स्वीकृतिबिना फोटो/भिडियो खिच्नेलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र गैरकानुनी गतिविधि नगर्न र नगराउन कडा चेतावनी दिएको छ।

बिरामी र स्वास्थ्यकर्मीको स्वीकृतिबिना फोटो तथा भिडियो खिच्ने, भिडभाड गर्ने तथा उपचार प्रक्रियामा अवरोध पुर्‍याउने गुनासो बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो।

मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा अस्पताल संवेदनशील क्षेत्र भएकाले स्वीकृतिबिना भिडियो बनाउने, स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने वा दबाब दिने कार्य स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ र मुलुकी अपराध संहिता, २०७४ को ठाडो उल्लङ्घन भएको स्पष्ट पारेको छ।

यस्ता गतिविधिले बिरामीको गोपनीयता हनन हुनुका साथै उपचार प्रक्रियामा समेत असर पर्ने भएकाले स्वीकृतिबिना फोटो वा भिडियो नखिच्न मन्त्रालयले अनुरोध गरेको छ।

कानुनविपरीत कार्य गर्नेलाई कडा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ। उपचारमा त्रुटि भए सम्बन्धित निकायमा उजुरी गर्न सकिने विकल्प पनि मन्त्रालयले सुझाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्