नेपाल र यूएईबीचको दुई खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज बराबरीमा सकियो

काठमाडौं – नेपाल राष्ट्रिय क्रिकेट टोलीयूएई राष्ट्रिय क्रिकेट टोलीबीचको दुई खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज बराबरीमा सकिएको छ।

भर्खरै सम्पन्न दोस्रो खेलमा नेपालले यूएईलाई ८ विकेटले पराजित गर्दै सिरिज १-१ को बराबरीमा टुंग्याएको हो। यसअघि पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो। १२९ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशल भुर्तेलले सानदार ब्याटिङ गर्दै ८४ रनमा अविजित रहे। ५७ बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे। यस्तै, दीपेन्द्रसिंह ऐरी २३ रनमा अविजित रहँदा कुशल मल्लले १९ रन जोडे। बलिङतर्फ यूएईका निलान्स केशवानी र मुहम्मद अर्फानले एक-एक विकेट लिए।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो। यूएईका अक्षदीप नाथ ५३ रनमा अविजित रहे भने मुहम्मद अर्फानले ३२ र अदीव उस्मानीले ३० रन जोडे। नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने हेमन्त धामीले दुई विकेट झारे। यस्तै, नन्दन यादव र शाहब आलमले एक–एक विकेट लिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्