समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षसहित दुई सदस्य नियुक्त

काठमाडौं-  सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा डिल्लिराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।

त्यस्तै, सदस्यहरूमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई नियुक्त तथा मनोनयन गरिएको छ। सूचना, सञ्चार तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्को उक्त निर्णयबारे जानकारी दिनुभएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्