गृहमन्त्री सुधन गुरुङको राजीनामा माग

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्नुभएको छ। आज सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा अध्यक्ष राईले गृहमन्त्री गुरुङ पछिल्ला विवादहरूमा मुछिँदै गएको उल्लेख गर्दै पदबाट राजीनामा दिँदै मार्ग प्रशस्त गर्नु उपयुक्त हुने धारणा राख्नुभयो। उहाँका अनुसार गृहमन्त्रीबारे लगातार नयाँ नयाँ प्रश्नहरू उठ्नु राम्रो संकेत नभएको बताउनुभयो।

अध्यक्ष राईले सुशासन कायम गर्नेतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै विवादित विषयहरूमा स्पष्टता ल्याउन ढिलाइ गर्न नहुने बताउनुभयो। उहाँले राज्यका उच्च पदमा रहने व्यक्तिहरूले नैतिक जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गर्दै पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्न सरकारलाई सचेत गराउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्