सर्वोच्चमा कार्यरत रहँदा अनधिकृत पत्र लेखेको अभियोगमा महिमानसिंह विष्टलाई ६ महिना कैद

काठमाडौँ । सर्वोच्च अदालतमा कार्यरत रहँदा अनधिकृत पत्र लेखेको अभियोगमा महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय सुनाइएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले बिहीबार विष्टलाई उक्त सजाय तोकेको हो। अदालतका अनुसार उनलाई १० हजार रुपैयाँ जरिवानासमेत गरिएको छ।

यसअघि चैत २२ गते सोही इजलासले विष्टलाई दोषी ठहर गरेको थियो। सर्वोच्च अदालतमा शाखा अधिकृतका रूपमा कार्यरत रहेका बेला उनले अनधिकृत पत्र तयार पारेको पुष्टि भएको हो। उक्त पत्रका आधारमा प्रहरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरेको थियो। तर पक्राउ परेपछि सो पत्र अनधिकृत रहेको खुलासा भएको थियो।

घटनापछि सर्वोच्च अदालत प्रशासनले नै उक्त पत्रको वैधतामाथि प्रश्न उठाउँदै अनुसन्धानका लागि आग्रह गरेको थियो। त्यसपछि विष्टलाई नियन्त्रणमा लिएर लिखत सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो। प्रारम्भिक चरणमा उनलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश समेत भएको थियो। अहिले भने अदालतले अन्तिम फैसला सुनाउँदै कैद र जरिवाना दुवै सजाय निर्धारण गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्