तराईमा गर्मी बढ्दै, पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ- पछिल्ला केही दिनयता देशभर तापक्रम बढ्दै गएको छ भने आज र भोलि तराई क्षेत्रमा अझै गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागसहित अन्य केही क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको छ। भोलि पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा गर्मी अझै बढ्ने अनुमान गरिएको छ।

यता पहाडी र हिमाली क्षेत्रमा भने आंशिक मौसमी गतिविधि देखिनेछ। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

भोलि पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

मौसमविद्हरूले तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्न सक्ने भएकाले सतर्कता अपनाउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्