काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलुरुले लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग आईपिएलमा महत्वपूर्ण जित निकालेको छ।बेङ्गलुरुमा हिजो भएको खेलमा १४७ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले १५ ओभर १ बलमै लक्ष्य पूरा गर्यो। टोलीका विराट कोहली र देवदत्त पाडिकल ले उत्कृष्ट साझेदारी गर्दै ५० रन जोडे।
यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा सबै विकेट गुमाउँदै १४६ रन बनाएको थियो। लखनउका लागि मिचेल मार्सले सर्वाधिक ४० रन बनाए। बलिङतर्फ बेङ्गलुरुका रसिक सलाम ले ४ विकेट लिए। भुवनेश्वर कुमारले ३ विकेट लिँदा क्रुनाल पाण्ड्याले २ तथा जोस हेजलउडले १ विकेट लिए।
यो जितसँगै बेङ्गलुरु ५ खेलमा चौथो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ। लखनउ भने पाँचौँ खेलमा तेस्रो हार बेहोर्दै सातौँ स्थानमा यथावत् रहेको छ।
आईपीएलअन्तर्गत आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्स बीच खेल हुनेछ, जुन मुम्बईमा बेलुकी पौने ८ बजे शुरू हुनेछ।







