डिजेल, मट्टीतेलको मूल्यमा ३० रुपैयाँले वृद्धि

काठमाडौँ – नेपाल आयल निगमले डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको छ। निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै वैशाख ३ गते बिहान १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य समायोजन गरेको जनाएको हो।

नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ भने आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ। पेट्रोलको मूल्य भने यथावत् राखिएको छ।

समायोजनपछि पहिलो वर्गका क्षेत्रमा डिजेल र मट्टीतेलको खुद्रा मूल्य प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्गमा प्रतिलिटर २३६ रुपैयाँ र तेस्रो वर्गमा २३७ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २५१ रुपैयाँबाट बढेर २५६ रुपैयाँ पुगेको निगमले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्