आज मौसम सामान्यतया सफा, केही ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । आज नेपाल का तराईसहित अधिकांश स्थानको मौसम सामान्यतया सफा रहेको छ भने काठमाडौँ उपत्यका सहित पहाडी र हिमाली क्षेत्रमा बिहान आंशिक बदली देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा बदली रही छिटपुट वर्षाको सम्भावना रहेको छ। दिउँसो कोशी प्रदेश का पहाडी भू–भाग तथा अन्य हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।

महाशाखाले कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका साथै बागमती प्रदेश, गण्डकी प्रदेशकर्णाली प्रदेश का हिमाली क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना रहेको जनाएको छ।

त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्