सुदूरपश्चिम समाज काठमाडौँको आयोजनामा नयाँ वर्षको शुभकामना आदानप्रदान

काठमाडौँ – सुदूरपश्चिम समाज काठमाडौँको आयोजनामा नयाँ वर्ष २०८३ तथा विसु पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कोटेश्वरस्थित श्री सरस्वती माविमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ बाट निर्वाचित माननीयहरूलाई सम्मान गरिएको थियो। साथै, साहित्यकार डा. हरिप्रसाद पाण्डेयको कृति “इज्या बाबा” को विमोचन र नयाँ वर्षको भित्तेपात्रो सार्वजनिक गरिएको थियो।

कार्यक्रममा सुदूरपश्चिम समाज काठमाडौँका अध्यक्ष रामदत्त पन्तले यस्ता कार्यक्रमले सुदूरपश्चिमेली समुदायबीच एकता, पहिचान र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले नयाँ वर्षले सबैमा सकारात्मक सोच, सहकार्य र समृद्धिको भावना जागृत गराओस् भन्ने कामना समेत व्यक्त गर्नुभयो।

उक्त कार्यक्रमले सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, सांस्कृतिक एकता र नयाँ वर्षको उत्साहलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्