जनकपुरमा अस्पतालबाट कोरोना संक्रमित भागेपछि त्रास फैलियो

काठमाडौं – जनकपुरबाट एक जना कोरोना संक्रमित भागेका छन् । प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसनबाट संक्रमित युवा भागेपछि जनकपुर क्षेत्रमा त्रास फैलिएको छ ।
अस्पतालको आइसोलेसन कक्षमा राखिएका ४० वर्षीय कोरोना संक्रमित आइतबार बिहान भागेका हुन् ।

अस्पतालका अनुसार उनी मानसिक रोगी हुन् । यसअघि पनि उनले पटक–पटक अस्पतालको आइसोलेसनबाट भाग्ने प्रयास गरेका थिए । यही क्रममा शनिबार मात्रै उनले अस्पतालको सीसीटीभी क्यामेरा नै फुटाएका थिए ।

संक्रमित फरार भएपछि अहिले जनकपुर क्षेत्रमा त्रास छाएको छ । संक्रमित अस्पतालबाट फरार भएपछि उनको खोजी थालेको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्