अनाधिकृत रुपमा नेपालको नक्साको छपाइ एवं विक्रि वितरण नगर्न आग्रह

काठमाडौं – नापी विभागले अनाधिकृत रुपमा नेपालको राजनीतिक तथा प्रशासनिक नक्साको छपाइ एवं विक्रि वितरण नगर्न आग्रह गरेको छ ।

विभागले शनिबार विज्ञाप्तीमार्फत नक्सा छपाइ कार्य विभागबाट भइरहेको र छिटै सर्व सुलभ वितरणमा ल्याउने जानकारी गरउदै विभागबाट तयार भएको नक्साको अनधिकृत रुपमा छपाइ तथा विक्रि वितरण नगर्न आग्रह गरेको हो ।

अनधिकृत नक्सा छपाइ कानूनी रुपमा दण्डनीय भएको भन्दै विभागको स्वीकृत विना नक्सा छापाइ तथा विक्रि वितरण गरेमा प्रचलित कानून बमोजिन कारवाही गर्ने विभागले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्