गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन आजदेखि सुरु

काठमाडौं – गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन आजदेखि पोखरा सभागृहमा सुरु हुँदैछ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको जोखिम न्यूनीकरणका लागि सामाजिक दूरी कायम गर्दै आवश्यक सुरक्षाका उपाय अवलम्बन गरी अधिवेशन हुन लागेको हो ।

यसअघि पोखरा महानगरपालिका–३ नदीपुरस्थित प्रदेशसभा भवनमा पाँचौँ अधिवेशन सम्पन्न भएको थियो । हालको प्रदेशसभा भवन साँघुरो भएका कारणले आवश्यक सामाजिक दूरी कायम गर्न नसकिने भएपछि सरकारले पहिलो पटक सभागृहमा सदनको छैटौँ अधिवेशन सञ्चालन गर्ने निर्णय गरेको हो । उपसभामुख सिर्जना शर्माले पिसिआर परीक्षण रिपोर्टका आधारमा मात्र अधिवेशन हलमा प्रवेशको व्यवस्था गरिएको बताए । बर्खे अधिवेशन सरकारको नीति कार्यक्रम तथा बजेटका साथै महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोक्नका लागि आवश्यक योजना निर्माणमा केन्द्रित हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्